logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • २०० भन्दा बढी जेहेन्दार नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान

    २०० भन्दा बढी जेहेन्दार नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान

    338
    SHARES
    २०० भन्दा बढी जेहेन्दार नेपाली विद्यार्थीलाई ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ प्रदान

    काठमाण्डौ । काठमाण्डौ स्थित पाकिस्तानी दूतावासले १४औँ वार्षिक ‘पाकिस्तानी राजदूत छात्रवृत्ति’ (Ambassador of Pakistan Scholarship) समारोह आयोजना गरी २०० भन्दा बढी उत्कृष्ट नेपाली विद्यार्थीहरूलाई सम्मानित गरेको छ। काठमाण्डौको होटेल अलोफ्टमा आयोजित उक्त विशेष समारोहमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै नेपालको शिक्षा र सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



    नेपालका लागि पाकिस्तानी राजदूत महामहिम अबरार एच हाश्मीको मुख्य आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा देशैभरका उच्च माध्यमिक विद्यालय (प्लस टु) का जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो। छात्रवृत्तिका लागि विद्यार्थीहरूलाई उनीहरूको योग्यता र आवश्यकताका आधारमा सम्बन्धित विद्यालयमार्फत छनोट गरिएको हो।

    कायदे आजम मोहम्मद अली जिन्नाको १५०औँ जन्म जयन्तीको अवसरमा ल्यापटप प्रदान
    यस वर्ष पाकिस्तानका संस्थापक ‘कायदे आजम’ मोहम्मद अली जिन्नाको १५०औँ जन्म जयन्तीको अवसर पारेर एक विशेष सम्मान समेत प्रदान गरियो। यस वर्षका छात्रवृत्ति विजेताहरूमध्ये सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसकी छात्रा प्राप्ति लम्साललाई प्रोत्साहन स्वरूप एक थान ल्यापटप प्रदान गरिएको थियो।

    शिक्षा क्षेत्रमा पाकिस्तानको निरन्तर सहयोग: राजदूत हाश्मी
    समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले नेपालको शिक्षा क्षेत्रको विकासप्रति पाकिस्तानको दृढ प्रतिबद्धता दोहोर्‍याए। “यो केवल छात्रवृत्ति वितरण समारोह मात्र होइन, यो नेपालको भविष्यको उत्सव हो,” उनले भने। राजदूत हाश्मीले युवा विद्यार्थीहरूलाई आगामी दिनका नेतृत्वकर्ता बन्नका लागि आवश्यक पर्ने STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित), स्वास्थ्य, जैविक विज्ञान (Bio Sciences), नवीनता (Innovation), कूटनीति, वित्तीय साक्षरता र आलोचनात्मक चेत (Critical Thinking) जस्ता क्षेत्रहरूमा आफ्नो सीप विकास गर्न अभिप्रेरित गरे।
    उनले नेपालमा प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म, पाकिस्तानमा उच्च शिक्षाका लागि र नेपाली विद्यालयहरूलाई सूचना प्रविधि (IT), खेलकुद, लिबरल आर्ट्स र STEM जस्ता क्षेत्रमा पाकिस्तानले संस्थागत सहयोग गर्दै आएको समेत जानकारी दिए। सन् २०१३ देखि सुरु भएको ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ नेपालमा सञ्चालित विदेशी छात्रवृत्ति कार्यक्रमहरूमध्ये एक प्रतिष्ठित र लोकप्रिय पहलको रूपमा स्थापित भइसकेको छ। यस कार्यक्रमले हालसम्म हजारौँ नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याइसकेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट