logo

२०८३ असार ७, आइतबार

logo
  • २०८३ असार ७, आइतबार
  • प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा

    प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा

    273
    SHARES
    प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा

    काठमाण्डौ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा उपस्थित हुँदैछन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनको भरतपुरमा आजबाट सुरु हुने पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ५ पार्टीका अध्यक्ष सहभागी हुन लागेका हुन् ।



    रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत उद्घाटन सत्रमा उपस्थित हुने निश्चित भएको हो । लामिछानेको पार्टीको महाधिवेशन हो भने अन्य ४ पार्टीका अध्यक्ष रास्वपा महाधिवेशनमा शुभकामना मन्तव्य दिन सहभागी हुन लागेका हुन् । त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने भएका छन् ।

    उनीहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह पनि महाधिवेशनमा सहभागी हुँदैछन् । रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री शाहले महाधिवेशनको घण्टी बजाएर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    प्रतिनिधिसभाको २०७९ को निर्वाचन हुनुभन्दा केही महिना अगाडि मात्र स्थापना भएको रास्वपा त्यो निर्वाचनमा २० सिट जित्दै चौथो ठुलो दल भएको थियो । गत फागुन २१ गते रास्वपाले जनमतमा फड्को मार्दै सहज बहुमतसहित चौथो पार्टीबाट पहिलो पार्टीमा उक्लिएको थियो । पुराना र जनमत रहेका भनिएका दलहरू निर्वाचनमा रास्वपाले पाएको मत देखेर चकित भएका थिए ।


    अर्थ चाैतारी
  • आइतबार, ७ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट