logo

२०८३ असार ७, आइतबार

logo
  • २०८३ असार ७, आइतबार
  • प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६ सम्पन्न, उपाधि विजेता बन्यो पुष्पसदन

    प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६ सम्पन्न, उपाधि विजेता बन्यो पुष्पसदन

    286
    SHARES
    प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६ सम्पन्न, उपाधि विजेता बन्यो पुष्पसदन

    काठमाण्डौ । काठमाण्डौको रविभवनस्थित निसर्ग बाटिका स्कुलको आयोजनामा भएको ‘प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप २०२६’ को उपाधि पुष्पसदन सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ । गत जेठ ९ (मे २३) देखि सुरु भई आइतबार सम्पन्न प्रतियोगिताको फाइनल लिग स्ट्यान्डिङमा शीर्ष स्थान कायम गर्दै पुष्पसदन च्याम्पियन बनेको हो ।



    विजेता पुष्पसदनले लिग अवधिभर कुल १२ अंक जोड्यो । समान १२ अंक नै जोडेको राराहिल मेमोरियल स्कुल भने प्राविधिक समीकरणका आधारमा उपविजेतामै चित्त बुझाउन बाध्य भयो । लिगमा प्रत्येक जितका लागि २ र हारका लागि शून्य अंकको व्यवस्था गरिएको थियो । प्रतिस्पर्धात्मक बनेको लिगमा १० अंकसहित स्वर्णिम स्कुल तेस्रो स्थानमा रहन सफल भयो ।

    आठ टोली सहभागी लिगको चौथो स्थानमा एलआरआई स्कुल (८ अंक) र पाँचौँ स्थानमा न्यू जेनिथ इङ्लिस मोडेल स्कुल (६ अंक) रहे । आयोजक निसर्ग बाटिका स्कुल र भ्याली भ्यु स्कुलले समान ४–४ अंक जोड्दै क्रमशः छैटौँ र सातौँ स्थान हात पारे । लिग अवधिभर अंकको खाता खोल्न नसकेको हिल-टाउन सेकेन्डरी स्कुल तालिकाको अन्तिम स्थानमा रह्यो ।

    प्रतियोगिताको विधागत पुरस्कारतर्फ एलआरआईका सुजल मदाइ उत्कृष्ट स्कोरकर्ता (टप स्कोरर) चुनिए । उनले प्रतियोगिताभर कुल १४५ अंक स्कोर गरेका थिए । विजेता टोली पुष्पसदनका मातृका बुढाथोकी प्रतियोगिताकै सबैभन्दा महत्त्वपूर्ण खेलाडी (एमभीपी) घोषित भए ।

    विद्यार्थीहरूको चौतर्फी विकासका लागि आयोजक निसर्ग बाटिका विद्यालयले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको छ । विद्यालयले हरेक वर्ष पौडी (स्विमिङ) तथा अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा आयोजना गर्दै आएको र यसै सिलसिलामा यस वर्ष विद्यालय स्तरको बास्केटबल जगलाई थप बलियो बनाउने उद्देश्यले झन्डै एक महिना लामो लिग सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ७ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट