logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने

    रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने

    247
    SHARES
    रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने

    चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको है। प्रतिनिधिको अपेक्षित सङ्ख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको हो।



    महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने बताए। उनका अनुसार प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ।

    पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै झाले यसलाई सिकाइको रूपमा लिएको उल्लेख गरे। पार्टी नेतृत्वका लागि सहमति जुटाउने प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको छ। हाल दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोलीले काम गरिरहेको जानकारी दिइएको छ। यसैबिच नेता झाले पार्टीको महत्त्वपूर्ण पद महामन्त्रीमा आफ्नो उम्मेदवारी दिने स्पष्ट पारेका छन्। सुरुमा केही द्विविधामा रहे पनि आफू अब मानसिक रूपमा तयार भएको उनको भनाइ छ।

    आफ्नो उम्मेदवारी र महाधिवेशनको समयबारे नेता झाले भने, ‘हामीले ९ गते नै सबै कार्यक्रम सक्ने लक्ष्य राखेका थियौँ, तर प्रतिनिधिको ठुलो सङ्ख्या र उम्मेदवारीमा धेरैको आकाङ्क्षाका कारण १० गतेसम्म लम्बिन सक्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ। राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्छ। पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ। मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु।’

    उनले महामन्त्री पदलाई ठुलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै आफूले पदसँग न्याय गर्न सक्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रने निर्णय गरेको बताए। चितवनको चर्को गर्मी र व्यवस्थापकीय असहजताका बाबजुद पनि कार्यकर्ताहरूमा उत्साहजनक सहभागिता देखिएको झाले उल्लेख गरे।


    अर्थ चाैतारी
  • सोमबार, ८ असार २०८३
  • सम्बन्धित समाचार