काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ । असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने गरी तय भएको बैठक असार १२ गते शुक्रबारसम्म सारिएको हो।
सङ्घीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले हस्ताक्षर गरेर सूचना जारी गरेका हुन् । रास्वपाको असार ७ गतेबाट सुरु भएको बैठक आज सक्ने कार्यतालिका थियो । तर, नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद छन्।

अर्थ चाैतारी ।