काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करसम्बन्धी कानुन स्पष्ट हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै करसम्बन्धी कानुन स्पष्ट हुनुपर्ने बताएका हुन्।
‘करसम्बन्धी कानुन स्पष्ट हुनैपर्छ। मल्टिपल इन्टरप्रिटेसन (बहुव्याख्या) नहोस्। कर प्रशासनले कानुन व्याख्या गर्दा तजबिजी ढंगले, आफ्नै भाष्य स्थापित गर्ने ठाउँ नै नरहोस्। यस्ता संशोधनहरूलाई म स्वीकार्छु’, वाग्लेले भने।
अर्थ चाैतारी ।