logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

    सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

    312
    SHARES
    सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

    काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक काटिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा भएको ढिलाइको विषय उठाएका थिए।



    सम्बोधनका क्रममा उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि बैठक सञ्चालन गरिरहेका सभामुखले उनको माइक बन्द गराएका हुन्।

    माइक बन्द हुनुअघि खनालले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि नेपाल सरकारको मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते स्वीकृति दिएको भए पनि प्रदेश सरकार र स्थानीय तहको ढिलासुस्तीका कारण अस्पताल सञ्चालनमा आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट