logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

    वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

    117
    SHARES
    वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

    काठमाण्डौ । वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज असार १४ गते कम्पनीको साधारणसभा सम्पन्न भएको हो।



    यस कम्पनीले ९ मेगावाट क्षमताको खिम्ती ध्वाँङ् स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। सभामा कम्पनीका कार्यकारी संचालक प्रकाश दुलालले यस आयोजना २०८४ साल चैतमा सम्पन्न गर्नेगरि कार्य भैरहेको, आयोजनाकाे लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानकाे अनुमति बैसाख १५ गतेकाे मन्त्रिपरिषदबाट निर्णय भएको, आयोजना निर्माणका लागि लाग्ने रु.१ खर्व ९० मध्ये रु. १२५ करोड ऋण लगानीकाे लागि एनएमबि बैंकसँग समझदारी अन्तिम चरणमा पुगेको र बाँकी ६५ करोड मध्ये रु ३५ करोड जुटिसकेको र ३० करोड असाेज भित्रमा जुटाउने गरि काम भैइरहेकाे जानकारी दिए ।

    साधारणसभाले कम्पनीको पुँजी बृद्धि गरेर १०० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । जस मध्ये ७० करोड स्वपुंजी र ३० करोड आईपीओ निष्काशन हुने छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट