logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • मन्दिरमै भ्रष्टाचार, १० जनाविरुद्ध मुद्धा

    मन्दिरमै भ्रष्टाचार, १० जनाविरुद्ध मुद्धा

    13
    SHARES
    मन्दिरमै भ्रष्टाचार, १० जनाविरुद्ध मुद्धा

    काठमाण्डौ । बझाङको छविसपाथिभेरा गाउँपालिकामा बाँठपाली मन्दिर निर्माणको लागि निकासा भएको रकम भ्रष्टाचार गरेको आरोपमा दुई गाउँपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुर्गास्थली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाका निमित्त प्रमुख, प्रशासकीय अधिकृतदेखि कोषाध्यक्षसम्म गरी १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

    अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको छ । अख्तियारका अनुसार मन्दिर निर्माणको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४५ लाख रुपैयाँ र उपभोक्ता सहभागिता समेत गरी कुल लागत ५६ लाख ७ लाख रुपैयाँ थियो । मन्दिर निर्माण २०७६ असार २५ सम्ममा सम्पन्न गर्ने गरी २०७५ चैत्र २६ गते सम्झौता भएको थियो ।

    अनुसन्धानका क्रममा भने वास्तविक भएको काम भन्दा अस्वाभाविक बढी काम देखाएको, अस्वाभाविक दररेट राखेको र जनसहभागिता रकम कम कट्टा गरी झट्टा बिल भरपाईको आधारमा जम्मा २२ लाख ११ हजार ६६६ रुपैयाँ भुक्तान लिएको देखिएको छ ।

    अख्तियारले अनियमिता गरी भ्रष्टाचार गरेको आरोपमा छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ की अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    त्यस्तै, अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाँउपालिकाका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहरामाथि मुद्दा दायर गरेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट