logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)

    प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)

    312
    SHARES
    प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)

    काठमाण्डौ । नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा भएको छ। आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले जनाएको छ।



    प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदय कुमार चौधरीलाई सरुवा गरिएको छ। कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, सीआईबीको लेखा प्रमुखका प्रकाश शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा प्रमुखमा इन्स्पेक्टर महेश बिक्रम शाहलाई सरुवा गरिएको छ।

    साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा राजन उप्रेती, बागमती प्रदेश प्रहरी कार्यालयमा सविन कुमार संग्रौलालाई पठाइएको छ।

    अन्य युनिटहरूमा वरिष्ठ सई, सई र असईहरूलाई लेखा प्रमुखको रूपमा सरुवा भएका हुन्। ललितपुर परिसरमा वरिष्ठ सई अमृत कुमार भडेललाई पठाइएको छ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • मंगलबार, १६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट