logo

२०८३ असार २५, विहिबार

logo
  • २०८३ असार २५, विहिबार
  • प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट

    प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट

    117
    SHARES
    प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट

    काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेको छ । प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले रिट दायर गरेका हुन् । सर्वोच्च अदालतमा पेस भएको रिट अध्ययनका लागि राखिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।



    प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको दाबीसहित रिट दायर गरिएको हो ।

    नियमावलीमा रहेको दफा २४७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने तथा नैतिक पतन हुने फौजदारी कसुरमा अभियोग लागेर थुनामा बसेको सांसदलाई मात्र निलम्बन हुने व्यवस्था गरिएको विषयमा पनि कांग्रेसले प्रश्न उठाएको छ । गत जेठ २१ गते प्रतिनिधिसभाबाट नियमावली पारित भइसकेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट