logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • ५ दिनसम्म लगातार घटेको सुनचाँदीकै मूल्य आज बढ्यो

    ५ दिनसम्म लगातार घटेको सुनचाँदीकै मूल्य आज बढ्यो

    312
    SHARES
    ५ दिनसम्म लगातार घटेको सुनचाँदीकै मूल्य आज बढ्यो

    काठमाण्डौ । गएका ५ दिनसम्म लगातार घटेको सुनकै भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



    हिजो तोलमा २ हजार ४ सय घटेर सुनको भाउ २ लाख ८४ हजार ७ सयमा झरेको थियो। त्यसअघि गएको बुधबार सुनको भाउ तोलामा ९ सय, मंगलबार १४ सय, सोमबार तोलामा ९ सय र आइतबार ४ सय घटेको थियो।

    गएका पाँच दिनमा सुनको भाउ ६ हजार रुपैयाँ घटेर आज बढेको हो। गत साताको बिहीबार र शुक्रबार भने सुनको भाउ तोलामा १२ हजार ४ सय बढेको थियो।

    त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १७० रुपैयाँ बढेर ४ हजार ५ सय १० पुगेको छ। हिजो चाँदीको भाउ तोलामा १६० रुपैयाँ घटेर ४ हजार ३ सय ४० रुपैयाँमा झरेको थियो। गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट