logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत जरिवाना छुट दिने

    हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत जरिवाना छुट दिने

    364
    SHARES
    हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत जरिवाना छुट दिने

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क (ब्याज तथा जरिवाना) मा ५० प्रतिशत छुट दिने भएको छ। साविकका प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भई विभिन्न कारणले रोकिएका बीमालेखहरूमा असार २५ देखि ३२ गतेसम्म नवीकरण गर्दा यो सुविधा पाइने कम्पनीले जनाएको छ।



    कम्पनीका अनुसार जतिसुकै अवधिदेखि व्यतित भएका बीमालेख भए पनि नवीकरणका क्रममा लाग्ने ब्याज तथा जरिवानामा आधा छुट प्रदान गरिनेछ। तर, यो सुविधा बीमाको अवधिभर एकपटक मात्र उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ।

    यसरी छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बीमालेख दुई वर्षभित्रै बीमित वा प्रस्तावकले समर्पण (सरेन्डर) गर्न चाहेमा भने छुट दिइएको ब्याज तथा जरिवाना बराबरको रकम कम्पनीले कट्टा गर्ने जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट