logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • यसपाली विगतको भन्दा धेरै मल ल्याएका छौँ, अभाव हुँदैनः मन्त्री चौधरी

    यसपाली विगतको भन्दा धेरै मल ल्याएका छौँ, अभाव हुँदैनः मन्त्री चौधरी

    247
    SHARES
    यसपाली विगतको भन्दा धेरै मल ल्याएका छौँ, अभाव हुँदैनः मन्त्री चौधरी

    काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यसवर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात भएको बताएकी छिन् । विगतको भन्दा धेरै मल आयात गरिएको हुनाले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको उनको भनाइ छ ।



    चितवनको खैरहनीमा आयोजित कार्यक्रममा उनले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण मल पु¥याउन नसकिएको बताइन् । उनका अनुसार साउन १ गतेदेखि नयाँ लटको आयात सुरु हुँदैछ । मल बन्दरगाहमा आइपुगेको छ ।

    माग र आपूर्तिबीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको बताइन् ।

    सरकारले चालु आर्थिक वर्षमा ५ लाख ५० हजार मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको भन्दै मन्त्री चौधरीले खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेको र मागअनुसार आपूर्ति गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट