logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ माग

    निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ माग

    273
    SHARES
    निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओ माग

    काठमाण्डौ । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।



    अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले शनिबार एक सूचना प्रकाशित गर्दै उक्त पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन मागेको हो ।

    सूचना अनुसार, प्रचलित कानुन बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मिति (असार २७ गते) ले २१ दिनभित्र अर्थात् आगामी साउन १५ गते भित्र आवेदन दिइसक्नुपर्नेछ ।

    इच्छुक उम्मेदवारहरूले आफ्नो दरखास्त, व्यक्तिगत विवरण (सीभी) र आवश्यक शैक्षिक तथा अनुभवका कागजातहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको सिफारिस समितिको सचिवालयमा कार्यालय समयभित्र बुझाउनु पर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट