logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे यात्रा: श्रवण र वाक उपचारमा डेढ दशक

    नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे यात्रा: श्रवण र वाक उपचारमा डेढ दशक

    195
    SHARES
    नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे यात्रा: श्रवण र वाक उपचारमा डेढ दशक

    काठमाण्डौ । नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण (हियरिङ) तथा वाक (स्पिच) केयरको क्षेत्रमा व्यावसायिक सेवा प्रदान गरेको १५ वर्ष पूरा गरेको छ। विगत डेढ दशकदेखि क्लिनिकले हियरिङ टेस्ट, हियरिङ एड फिटिङ, कोक्लियर इम्प्लान्ट सेवा, स्पिच–ल्याङ्ग्वेज थेरापी र काउन्सिलिङमार्फत हजारौँ सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।



    काठमाण्डौको थापाथलीमा मुख्य कार्यालय रहेको क्लिनिकले विराटनगर, पोखरा र नेपालगञ्जमा शाखाहरू सञ्चालन गरिरहेको छ। यसका साथै बीपीआई फाउन्डेसन (भक्तपुर), आरुस लाइफस्टाइल हस्पिटल (पुल्चोक) र बी एन्ड बी हस्पिटल (ग्वार्को) मा समेत आफ्नै ओडियोलोजी सेटअपमार्फत सेवा दिँदै आएको कम्पनीले जनाएको छ। क्लिनिकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको अत्याधुनिक साउन्डप्रुफ ओडियोलोजी कोठा रहेको छ, जसले श्रवण परीक्षणलाई थप सटिक र भरपर्दो बनाउन सहयोग पुर्‍याउँछ।

    विगत १५ वर्षको अवधिमा क्लिनिकले ६० भन्दा बढी कोक्लियर इम्प्लान्ट सेवा, २५ हजारभन्दा बढी हियरिङ एड फिटिङ र ४० हजारभन्दा बढी हियरिङ टेस्ट सम्पन्न गरिसकेको छ। नेपाल हियरिङ नेपालका लागि फोनाक, सिग्निया र स्टारकी जस्ता विश्वप्रसिद्ध कम्पनीका हियरिङ एड्सको आधिकारिक वितरकसमेत हो। यसले हियरिङ एड छनोट, फिटिङ, प्रोग्रामिङ र काउन्सिलिङका साथै वारेन्टी, मर्मत तथा लाइफटाइम सपोर्ट सेवा दिँदै आएको छ।

    अध्यक्ष तथा संस्थापक पुरुषोत्तम भुर्तेलको नेतृत्वमा हाल क्लिनिकमा ओडियोलोजिस्ट, स्पिच–ल्याङ्ग्वेज प्याथोलोजिस्ट तथा व्यवस्थापन टोलीसहित ३५ जनाभन्दा बढी व्यावसायिक जनशक्ति कार्यरत छन्। आगामी दिनमा पनि आधुनिक प्रविधि र बिरामीकेन्द्रित सेवामार्फत यस क्षेत्रलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने क्लिनिकको लक्ष्य छ।


    अर्थ चाैतारी
  • आइतबार, २८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट