logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • काठमाण्डौ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाण्डौ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम

    208
    SHARES
    काठमाण्डौ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाण्डौ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।



    महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सतर्कता तहभन्दा तल नै रेकर्ड गरिएको छ।

    ३ दिनको जलसतह तथा बाढीको पूर्वानुमान गर्दै महाशाखाले आज असार २९ गते काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको औँल्याएको छ। यसैगरी पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव पनि उल्लेख्य बढ्ने सम्भावना छ। यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले भोलि असार ३० गते र पर्सि असार ३१ गते पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने र यी क्षेत्रमा आवतजावत गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट