मोरङ । नेपालको टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सँगको सहकार्यमा स्थापना गरिएको यस आधुनिक शोरुमले मोरङ र आसपासका क्षेत्रका ग्राहक, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
यस शोरुमको औपचारिक उद्घाटन असार २५ गते कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरे। आकर्षक ढाँचामा सजाइएको यस शोरुममा ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर र महसुस गरेर आफ्नो रोजाइअनुसारका डिजाइन छनोट गर्न सक्नेछन्।
उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको साझेदारी मोरङ र यस आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्याउने निरन्तर प्रयासको महत्त्वपूर्ण कदम भएको बताए। यस शोरुममार्फत ग्राहकहरूले आफ्नो परिकल्पना अनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि उत्कृष्ट र आधुनिक टायल्स सहजै प्राप्त गर्न सक्ने उनको भनाइ थियो। कञ्चनबारीमा सञ्चालनमा आएको यो शोरुम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ। कम्पनीले सुपरब्रान्ड २०२५ को उपाधि, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा आफ्नो पहिचान बनाएको छ। गुणस्तर र दिगोपनाप्रति प्रतिबद्ध यो कम्पनी आईएसओ ९००१:२०१५ र आईएसओ १४००१:२०१५ प्रमाणित हुनुका साथै प्रतिष्ठित एनएस क्वालिटी अवार्ड २०२६ बाट समेत सम्मानित छ। हाल नेपालभर कजारियाको १०० भन्दा बढी शोरुममार्फत बलियो उपस्थिति रहेको छ र यसको पोर्टफोलियोमा ३ हजारभन्दा बढी आधुनिक डिजाइन विकल्पहरू उपलब्ध छन्।
अर्थ चाैतारी ।