logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई आवश्यक सामग्री हस्तान्तरण

    मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई आवश्यक सामग्री हस्तान्तरण

    468
    SHARES
    मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थालाई आवश्यक सामग्री हस्तान्तरण

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको हो ।



    यस कार्यक्रम अन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी लाई र स्थानीय तह मार्फत २६ वटा व्हीलचेयर उपलब्ध गराएको छ । बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, रंगेली मोरङ्ग स्थित रंगेली अस्पताललाई १० थान र ओमसतिया गाउँपालिका–१ नं.वडा कार्यालय मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिहरूका लागि ३ थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।

    त्यसैगरी बैंकले पथरी नगर अस्पताल, पथरीलाई ३–सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यान स्थित जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।

    स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट