logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने

    सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने

    676
    SHARES
    सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने

    काठमाण्डौ । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपश्चात् साविकका अन्य बिदाहरूको सङ्ख्या र औचित्यमाथि पुनरवलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

    गोविन्दबहादुर कार्की मुख्यसचिव भएपछि बसेको सचिवहरूको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्यसचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

    बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ।

    गठित कार्यदललाई साविकका सार्वजनिक बिदाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार पार्न १५ दिनको समयसीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्नुपर्ने निर्णय पनि बैठकको छ।

    हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्यसम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य बिदाहरूलाई व्यवस्थित र परिमार्जन गर्न यो कार्यदल गठन गरिएको हो।


    अर्थ चाैतारी
  • सोमबार, ४ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट