काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाण्डौ विश्वविद्यालयको उपकुलपति पदका लागि दर्खास्त दिने ३५ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयको सिफारिस समितिले “काठमाण्डौ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३” बमोजिम प्राप्त आवेदनहरूमध्ये योग्यता पुगेका ३५ जनाको दर्खास्त स्वीकृत गरेको हो।
सिफारिस समितिको सोमबार बसेको बैठकको निर्णयानुसार उक्त दर्खास्तहरू स्वीकृत गरी सार्वजनिक जानकारीका लागि यो सूचना प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा सार्वजनिक गरिएको स्वीकृत सूचीमा सुबोध शर्मा, रोजी श्रेष्ठ, शेषानन्द सञ्जेल, एकराज ओझा, राजेन्द्र ज्ञवाली, बाल चन्द्र लुइँटेल, मनिष पोखरेल, प्रचण्ड मान प्रधान, ऋषिकेश पाण्डे, समिर खरेल, सुनिल कुमार जोशी, निरञ्जन पराजुली, सागर राज शर्मा, कन्हैया झा, माधव लम्साल, धिरज गिरी, वेदमणि दाहाल, दयाराम पोखरेल, रबिन्द्र प्रसाद कायस्थ, हरि प्रसाद न्यौपाने, ध्रुव प्रसाद गौचन, संजय नाथ खनाल, भुपाल गोविन्द श्रेष्ठ छन् ।
त्यस्तै रबिन्द्र विष्ट, विकास नकर्मी, राजेन्द्र जोशी, भिम प्रसाद श्रेष्ठ, अच्युतप्रसाद वाग्ले, बिराज सिंह थापा, विवेक बराल, लोचन रिजाल, रिजनभक्त कायस्थ, जनार्दन लामिछाने, बालकृष्ण बल र रामकृष्ण रेग्मी रहेका छन्।
स्वीकृत आवेदकहरूमध्येबाट कार्यविधिको प्रक्रिया पूरा गरी विश्वविद्यालयको नयाँ उपकुलपति चयन गरिनेछ।

अर्थ चाैतारी ।