logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • विद्यालय परीक्षाका लागि नयाँ निर्देशिका, कक्षामा ७५ प्रतिशत हाजिर हुनुपर्ने

    विद्यालय परीक्षाका लागि नयाँ निर्देशिका, कक्षामा ७५ प्रतिशत हाजिर हुनुपर्ने

    182
    SHARES
    विद्यालय परीक्षाका लागि नयाँ निर्देशिका, कक्षामा ७५ प्रतिशत हाजिर हुनुपर्ने

    काठमाण्डौ । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली सुधार गर्न लेटरग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ।

    सबै परीक्षाको मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन शिक्षा मन्त्रालयले निर्देशिका ल्याएको हो। परीक्षालाई लिएर विद्यार्थीमा सिर्जना हुने मनोवैज्ञानिक त्रास अन्त्य गर्ने गरी मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन निर्देशिका बनाइएको मन्त्रालयले जनाएको छ।

    हाल कक्षा ९ सम्म विद्यालयले आफूखुशी ग्रेडिङ गर्दै आएका थिए। कक्षा १० र १२ मा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली कार्यान्वयन गरेको छ। नयाँ निर्देशिकाअनुसार अब सबै तहमा एकै खालको ग्रेडिङ प्रणाली लागू गरिनेछ।

    कक्षामा ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीमात्र परीक्षामा सहभागी पाउने व्यवस्था गरिएको छ। निर्देशिकाले विद्यार्थीको मूल्यांकन ३५ अंकदेखि सयसम्म गरी आठ वर्गमा विभाजन गरेको छ। निर्देशिकामा कक्षा ५ सम्म परीक्षाका माध्यमबाट मूल्यांकन गर्ने व्यवस्था हटाइएको छ।

    यस्तै, विद्यालय तहमा ६० मिनेटको एक घण्टी हुने व्यवस्था गरिएको छ। विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नेसक्ने र अतिरिक्त समयमा भएका सिकाइसम्बन्धी क्रियाकलापलाई समेत वार्षिक कार्यघण्टामा गणना गर्न सक्ने गरी निर्देशिका ल्याइएको छ।

     


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट