logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

    208
    SHARES
    लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

    काठमाण्डौ । एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

    स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक तथा उद्योगी-व्यवसायीहरूको सहभागितामा आयोजित कार्यक्रममा कम्पनीले नयाँ ‘हिरोई बीएस६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। बसको शुभारम्भ एसएमएल महिन्द्राका कन्ट्री म्यानेजर सुमन नागपाल तथा लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले संयुक्त रूपमा गरेका हुन्।

    कम्पनीका अनुसार नेपालको विद्यालय यातायात क्षेत्रलाई अझ सुरक्षित, आधुनिक र भरपर्दो बनाउने उद्देश्यका साथ यो बस भित्र्याइएको हो। नेपाल सरकारको विद्यालय बससम्बन्धी मापदण्डअनुसार ३६ सिटदेखि ५६ सिटसम्मका विभिन्न भेरियन्टमा उपलब्ध यो बस विद्यालयहरूको आवश्यकता र सञ्चालन प्रकृतिअनुसार रोज्न सकिनेछ। विद्यार्थीहरूको दैनिक यात्रालाई सहज र आरामदायी बनाउन फराकिलो सिट व्यवस्था, उत्कृष्ट सस्पेन्सन र बलियो संरचनामा आधारित रहेर यो बस तयार पारिएको छ।

    प्राविधिक रूपमा हिरोई बस अत्याधुनिक बीएस६ फेज–टु (ओबीडी–२) उत्सर्जन मापदण्डअनुरूप निर्माण गरिएको छ। यसमा इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल (ईएससी), हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टि इन्फरमेसन मिटर क्लस्टर, गियर कोचिङ सिस्टम तथा पावर एन्ड इकोनोमी ड्राइभिङ मोड जस्ता आधुनिक सुरक्षा एवं प्रविधि समावेश गरिएका छन्। यी फिचरहरूले सवारीसाधनको सुरक्षा बढाउनुका साथै इन्धन खपत घटाई सञ्चालन खर्च कम गर्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ।

    कर्णाली प्रदेशको व्यावसायिक केन्द्र सुर्खेतमा आयोजित अन्तरक्रियाका क्रममा लक्ष्मी कमर्सियल भेहिकल्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स), स्पेयर पाट्र्सको सहज उपलब्धता र प्राविधिक सहयोगबारे ग्राहकहरूसँग छलफल गरेको थियो। गुणस्तरीय उत्पादन, कम मर्मत खर्च र भरपर्दो सर्भिस नेटवर्कमार्फत व्यावसायिक यातायात क्षेत्रमा नेपाली ग्राहकको विश्वास जित्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट