काठमाण्डौ । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन् ।
आईएमईले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ । यसैगरी, युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जनाले आइफोन १७ जितेका हुन् ।
विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजी माध्यमबाट सुरु भएको रेमिट्यान्स सेवा अहिले डिजिटल युगमा प्रवेश गरेको बताए । उनले साउदी अरबमा काम गर्ने नेपालीहरूलाई टिग्मोमार्फत आईएमईमा पैसा पठाउन आग्रह गरे ।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले सञ्चालन गर्ने प्रमोसन अभियानहरू केवल मार्केटिङ का लागि मात्रै नभई सेवाग्राहीको व्यक्तिगत वा परिवारको हित हुने गरी ल्याउने गरेको बताए । कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरू सञ्चालन मा ल्याउने जानकारी दिए ।
आईएमईले पुस २१ गतेदेखि चैत १७ गतेसम्म यो योजना सञ्चालन मा ल्याएको थियो । योजना अन्तर्गत पाँच जनाले १० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारेका थिए । योजना अवधिभर ७५ जना विजेताले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेताहरूको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको कम्पनीले जनाएको छ । आईएमईले मेगा पुरस्कारअन्तर्गत एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर तथा साप्ताहिक १२ जनालाई आइफोन १७ पुरस्कार प्रदान गरेको थियो ।
साथै, आईएमईले ‘टिग्मो एन्ड विन फाइभ टाइम्स मोर’ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म सञ्चालन मा ल्याउन लागिएको जानकारी पनि दिएको छ ।
अर्थ चाैतारी ।