logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • दियालो टेक्नोलोजिजले भित्र्यायो जेन-४ नानो बायो टेक्नोलोजी

    दियालो टेक्नोलोजिजले भित्र्यायो जेन-४ नानो बायो टेक्नोलोजी

    234
    SHARES
    दियालो टेक्नोलोजिजले भित्र्यायो जेन-४ नानो बायो टेक्नोलोजी

    काठमाण्डौ । जलस्रोत, माटो तथा वातावरण संरक्षणका लागि अत्याधुनिक जेन-४ नानो-बायो टेक्नोलोजी भित्रिएको छ। दियालो टेक्नोलोजिज प्रालि र भारतको बायोरिटिन बायोसाइन्सेस प्रालिबीच नयाँ प्रविधिलाई नेपालमा विस्तार तथा कार्यान्वयन गर्न सम्झौता भएको छ। सम्झौताअनुसार, बायोरिटिनले विकास गरेका नानो-बायो टेक्नोलोजीमा आधारित वातावरणीय समाधान नेपालमा दियालो टेक्नोलोजिजमार्फत विस्तार गरिनेछ।

    यी प्रविधिले प्रदूषित पानीको प्राकृतिक रूपमा प्रशोधन गर्नुका साथै नदी, खोला, नाला, ताल, पोखरी तथा माटोको प्राकृतिक गुण र पारिस्थितिक प्रणाली पुनर्जीवित गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। यी प्रविधिहरू जलाशय पुनर्जीवनका अतिरिक्त औद्योगिक फोहोर पानी प्रशोधन, कृषि उत्पादनमा रासायनिक पदार्थको प्रयोग न्यूनीकरण, माटोको गुणस्तर सुधार, गल्फ कोर्स तथा सार्वजनिक हरियाली व्यवस्थापन, पशुपालन फार्मको सरसफाइ तथा जैविक फोहोरलाई गुणस्तरीय प्रांगारिक मलमा रूपान्तरणलगायत क्षेत्रमा पनि उपयोग गर्न सकिन्छ।

    दियालोका अनुसार आधुनिक डिजिटल प्रविधि र जैविक विज्ञानको संयोजनमार्फत बागमती, रुद्रमती, इच्छुमतीलगायत धार्मिक तथा ऐतिहासिक महत्त्वका नदी, ताल र पोखरीको संरक्षण तथा पुनर्जीवनमा प्रभावकारी समाधान उपलब्ध हुनेछ। यसलाई आगामी पुस्ताका लागि स्वच्छ, स्वस्थ र दिगो वातावरण निर्माणतर्फको महत्त्वपूर्ण पहलका रूपमा लिएको दियालोले जनाएको छ।

    ‘हाम्रो लक्ष्य प्रदूषण नियन्त्रणमा मात्र सीमित नरही जलस्रोत, माटो र प्राकृतिक वातावरणको पुनर्जीवनका लागि वैज्ञानिक, दिगो र वातावरणमैत्री समाधान उपलब्ध गराउनु हो,’ दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खानालले भनिन, ‘यस साझेदारीले नेपालमा वातावरण संरक्षणका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिएका छौं।’

    यस सहकार्यअन्तर्गत जलाशय पुनर्जीवनका लागि एक्वारिटिन नामक फिकोरमिडियसन टेक्नोलोजी नेपालमा ल्याइनेछ। यो प्रविधि प्रकृतिमा आधारित नानो न्युट्रेन प्रणाली हो, जसले पानीमा प्राकृतिक रूपमा रहेका लाभदायक सूक्ष्मजीव, विशेषगरी डायटमस्हरू लाई सक्रिय बनाउँदै घुलनशील अक्सिजन बढाउने, जैविक प्रदूषण घटाउने, दुर्गन्ध नियन्त्रण गर्ने, अतिरिक्त नाइट्रोजन तथा फस्फोरसको मात्रा कम गर्ने र पानीमा जम्मा भएको जैविक लेदोलाई क्रमशः प्राकृतिक रूपमा बिघटन गर्न सहयोग गर्ने बताइएको छ।

    यो प्रविधिको भारत, मलेसिया, भियतनाम, थाइल्यान्ड र अमेरिकासहित विभिन्न देश प्रयोग भइसकेको छ। नयाँ दिल्लीको दिल्ली गल्फ क्लब, मलेसियाको सुङ्गाई गोङ नदी र भारतको मथुरास्थित राधेश्याम कुण्डलगायत परियोजनामा पानीको गुणस्तरमा उल्लेखनीय सुधार देखिएको कम्पनीले जनाएको छ।

    दियालो टेक्नोलोजिज र बायोरिटिन बायोसाइन्सेसले भविष्यमा जलस्रोत संरक्षण, औद्योगिक फोहोर पानी व्यवस्थापन, कृषि, माटो सुधार तथा पशुपालन क्षेत्रमा समेत संयुक्त रूपमा काम गर्ने योजना बनाएका छन्। साझेदारीअन्तर्गत बायोरिटिनले आफ्ना जेन-४ बायो प्रोडक्टहरू नेपालमा उपलब्ध गराउनेछ भने दियालो टेक्नोलोजिजले बजार विस्तार, प्रविधि कार्यान्वयन, डिजिटल अनुगमन तथा परियोजना व्यवस्थापनको जिम्मेवारी लिनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट