logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू

    कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू

    299
    SHARES
    कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू

    काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा, बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको जोखिम र प्रभावलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति तथा सबै स्थानीय तहका प्रमुखहरूलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।

    साेमबार मन्त्रालयले जिल्ला समन्वय अधिकारी तथा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन संवेदनशील समयभर कार्यालय नछाड्न आग्रह गरिएको छ।

    परिपत्रअनुसार सम्बन्धित अधिकारीहरूले नियमित रूपमा कार्यालयमा उपस्थित रही आवश्यक समन्वय, सहजीकरण तथा निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ। हाल बिदामा रहेका कर्मचारी तथा अधिकारीहरूलाई पनि बिदा छोट्याएर यथाशीघ्र कार्यालयमा फर्की जिम्मेवारी सम्हाल्न भनिएको छ।

    त्यस्तै, विपद्सम्बन्धी सूचना आदान–प्रदान, उद्धार तथा राहत कार्य, क्षतिको विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश सरकार र सङ्घीय निकायसँग निरन्तर सम्पर्क तथा समन्वय कायम गर्न मन्त्रालयले निर्देशन दिएको छ।

    मन्त्रालयले विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर मात्र जिम्मेवारीको उचित व्यवस्था गरी कार्यालय छाड्नुपर्ने व्यवस्था पनि गरेको छ।

    750117441_4258355441141279_4331214260548653811_n


    अर्थ चाैतारी
  • सोमबार, ४ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट