logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे

    बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे

    312
    SHARES
    बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे

    रसुवा । बाढीले क्षतिग्रस्त भएपछि भन्सार महसुल नतिरिएका ११ वटा विद्युतीय सवारी रसुवा टिमुरे भन्सारमा बेवारिसे बनेका छन् । ०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै बेवारिसे छोडिएका हुन् ।

    क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन । एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९० हजार रुपैयाँ पर्छ । आयातकर्ताले बजार मूल्यको करिब ४० प्रतिशत अर्थात् ३ करोड ३९ लाख रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए । ३७ लाख रुपैयाँ बराबरको एउटा इभी भ्यान पनि बेवारिसे छ ।

    उनकाअनुसार बीमा दाबी गर्नुपर्ने भएकाले बाढीको समयमा गाडी जस्तो अवस्थामा थिए त्यस्तै छोडिएको छ ।आयातकर्ताले सरकारलाई लिलामीको अधिकार नदिएकाले आफूहरूले पनि व्यवस्थापन गर्न नसकेको गेलालले सुनाए । ‘आयातकर्ताले सरकारलाई प्राकृतिक प्रकोपले गर्दा यस्तो भएको भनेर पत्र लेखेपछि हामीले मेकानिकल इन्जिनियर ल्याएर मूल्याङ्कन गर्छौँ । त्यसपछि लिलामीको प्रक्रियामा जान्छौँ । तर, त्यस्तो केही भएको छैन,’ उनले भने ।

    बाढीले कुल ७० करोड ५१ लख ६९ हजार रुपैयाँ बराबरको आयातित सवारी र मालवस्तुमा क्षति पुर्‍याएको थियो । ५६ वटा विद्युतीय र पेट्रोलियम सवारी बाढीमा बगेका थिए । ती गाडीको अनुमानित मूल्य ४७ करोड १२ लाख ८२ हजार रुपैयाँ छ । यसमा सबैभन्दा धेरै सीजी मोटर्सको ३३ करोड ३ लाख ६२ हजार रुपैयाँ बराबरका ४० वटा गाडी छन् । यसमध्ये २४ करोड ५३ लाख ७२ हजार रुपैयाँ बराबरको ३० वटा गाडी छन् ।

    ८ करोड ४९ लाख ९० हजार मूल्य बराबरका १० वटा गाडी बाढीले पूर्ण रुपमा ध्वस्त भएका थिए । यस्तै स्काइवेल मोटर्सको ६ करोड ९९ लाख २० हजार रुपैयाँ बराबरको ८ वटा, स्पार्क प्रा.लिले आयात गरेको ४ करोड ४८ लाख रुपैयाँ बराबरको ५ वटा ट्रक र इभरग्रीन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रा.लिले आयोजना गरेको २ करोड २५ लाख रुपैयाँ बराबरको ३ वटा ट्रक बेपत्ता भएका थिए । यसबाहेक ३७ लाख मूल्य बराबरको विद्युतीय भ्यान क्षतिग्रस्त भेटिएको थियो । स्काइवेलबाहेक अरु सबै ब्राण्डका गाडीको बीमा थियो ।

    बाढीमा २८ करोड ६२ लाख २३ हजार रुपैयाँ बराबरको मालवाहक सवारी बगाएको थियो । त्यसमध्ये २४ करोड ४७ लाख ९० हजार रुपैयाँ बराबरको मालवस्तु र ४ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको गाडीमा क्षति पुगेको थियो । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट