logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा आर्याल र डीसीईओमा जमरकट्टेल नियुक्त

    माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा आर्याल र डीसीईओमा जमरकट्टेल नियुक्त

    234
    SHARES
    माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा आर्याल र डीसीईओमा जमरकट्टेल नियुक्त

    काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले व्यवस्थापन तहको सुदृढीकरणका लागि दुई उच्च अधिकारीलाई पदोन्नति गरेको छ। बैंक सञ्चालक समितिको हालै बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज आर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार दुवै अधिकारीको पदोन्नति साउन ४ गतेदेखि नै लागू भइसकेको छ।

    सिनियर डीसीईओमा बढुवा भएका आर्यालसँग सिभिल, सनराइज र नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका संस्थामा दुई दशकभन्दा बढी विभिन्न जिम्मेवारी सम्हालेको अनुभव छ।

    काठमाण्डौ विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका उनी कर्जा, ट्रेजरी, शाखा सञ्चालन र लघुवित्त क्षेत्रमा अनुभवी मानिन्छन्। त्यस्तै नवनियुक्त डीसीईओ जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट हुन्, जसले थाइल्यान्डको एआईटीबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स गरेका छन्।

    दुवै अधिकारीको व्यावसायिक दक्षता र नेतृत्व क्षमताले बैंकको आगामी रणनीतिक एवं व्यावसायिक लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ४ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट