logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • वृद्धभत्ता रकम दुरुपयोग गरेको आरोपमा वडाअध्यक्ष सहित तीन जनाविरुद्ध मुद्दा

    वृद्धभत्ता रकम दुरुपयोग गरेको आरोपमा वडाअध्यक्ष सहित तीन जनाविरुद्ध मुद्दा

    312
    SHARES
    वृद्धभत्ता रकम दुरुपयोग गरेको आरोपमा वडाअध्यक्ष सहित तीन जनाविरुद्ध मुद्दा

    काठमाण्डौ । रौतहटको दुर्गा भगवती गाउँपालिका ३ का वडाअध्यक्ष धर्मेन्द्र कुमार झासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाअध्यक्ष झा, वडा सचिव उमेश चौधरी तथा गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

    सो गाउँपालिकाको वडा नं. ३ मा वृद्ध भत्ता, दलित, विधवा भत्तामा अनियमितता भएको अख्तियारको ठहर छ। सामाजिक सुरक्षा भत्ता रकम वितरण गर्ने प्रयोजनार्थ प्रचलित कानुन बमोजिम लाभग्राही हुन योग्यता नपुगेका व्यक्तिहरूलाई गैरकानुनी तवरले सरकारी अभिलेखमा लाभग्राही बनाई आ.व. २०७४/०७५ देखि आ.व.२०८१/०८२ सम्म गैरकानुनी तवरवाट जेष्ठ नागरिक भत्ता (अन्य), एकल महिला/विधवा भत्ता, दोहोरो शीर्षकसमेतका सामाजिक सुरक्षा भत्ताका शिर्षकहरूमा रकम लिने दिने कार्य भएको देखिएको अख्तियारको दाबी छ।

    यस्तै, सेवाग्राही भनिएका व्यक्तिहरूवाट प्रचलित कानुनबमोजिम निवेदन तथा कागजातहरू पेस नभए नगराएको जान्दाजान्दै गरैकानुनी ढङ्गले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नै नभएका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्यता पुगेको भनी सामाजिक सुरक्षा भत्ता रकम वितरण गरी गराई वितरण भरपाई प्रमाणित गरे गराएको पाइएको छ।

    बैङ्किक प्रणाली लागू भएपश्चात समेत प्रतिवादीहरूको आपसी मिलोमतोमा कानुनबमोजिम आवश्यक कागजातहरू पेस नै नगरी नगराई गैरकानुनी ढङ्गले कानुन बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्यता नै नभएका लाभग्राहीहरूलाई झुट्टा विवरणहरूको आधारमा योग्यता पुगेको भनी सामाजिक सुरक्षा परिचयपत्र (कार्ड) जारी गरे गराई सोही बमोजिम सामाजिक सुरक्षा भत्ता रकम दिए दिन लगाएको देखिएको अख्तियारको भनाई छ।

    उनीहरूले झुट्टा विवरण दाखिला तथा अद्यावधिक गरी गराई जम्‍मा रु.३२ लाख, २४ हजार एक रूपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरे गराएको पुष्टि भएको अख्तियारको दाबी छ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • सोमबार, ४ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट