logo

२०८३ साउन ६, बुधबार

logo
  • २०८३ साउन ६, बुधबार
  • सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

    सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

    169
    SHARES
    सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार

    काठमाण्डौ । साताको तेस्राे कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ओरालो लागेको छ । आज नेप्से परिसूचक १३.९५ अङ्कले घटेर २७१२.५४ विन्दुमा ओर्लिएको छ । आज बजारमा कुल ३४६ कम्पनीका १ करोड १३ लाख ५४ हजार ७१२ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल ५ अर्ब १८ करोड २९ लाख २९ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कारोबार भएका कम्पनीहरूमध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको बजारमा एभरेस्ट कलरको सेयर मूल्यमा १४.९९ प्रतिशतको उछाल आएको छ । त्यस्तै, बुंगल हाइड्रोपावरको मूल्य १०.५० प्रतिशतले बढेको छ । अन्य धेरै कमाउने कम्पनीहरूमा सालपा विकास बैंक, पियोर इनर्जी र श्रीनगर एग्रोटेक रहेका छन् ।

    समूहगत रूपमा आज फाइनान्स र म्यानुफ्याक्चरिङ बाहेक सबै समूहका सूचक घटेका छन् । ट्रेडिङ समूह २.६० प्रतिशतले घट्दा ननलाइफ इन्स्योरेन्स १.२६ प्रतिशतले घटेको छ । अरू समूहमा एक प्रतिशत भन्दा कम गिरावट भएको छ।

    कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ४२ करोड २६ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    त्यस्तै, एनआरएन इन्फास्ट्रक्चरको २८ करोड १० लाख र रिलायन्स स्पिनिङ मिल्सको २६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत र नेशनल हाइड्रोपावर पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।


    अर्थ चाैतारी
  • बुधबार, ६ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट