logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • नबिल–एनबी बैंकको एकीकृत कारोबार भोलिबाट सुरु नहुने

    नबिल–एनबी बैंकको एकीकृत कारोबार भोलिबाट सुरु नहुने

    1.7K
    SHARES
    नबिल–एनबी बैंकको एकीकृत कारोबार भोलिबाट सुरु नहुने

    काठमाण्डौ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्तिपछि नबिल बैंकले भोलि असार २७ गतेबाट सुरु गर्ने भनिएको एकीकृत कारोबार नहुने भएको छ।



    दुवै बैंकले संयुक्त रुपमा निकालेको सूचनामा भोलि असार २७ गतेबाट एकीकृत कारोबार सुरु नहुने जानकारी गराइएको हो। नेपाल सरकारको सालतमामी परेका कारण सरकारी राजस्व र भुक्तानीलाई सुचारु गर्नुपर्ने भएकोले समायोजन कार्य ढिलो हुन गई भोली असार १७ गते सोमबार पनि बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहने सूचनामा जानकारी गराइएको छ। उक्त समयमा दुवै बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने सूचनामा जनाइएको छ।

    गत असार २३ गते प्रकाशित सूचनामा भने दुवै बैंकको एकीकृत कारोबार असार २७ गतेबाट हुने भनिएको थियो। एकीकृत कारोबारका लागि दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि नबिल बैंकको असार २३ गतेदेखि असारन २७ गते कार्यालय समयअघिसम्म र नेपाल बंगलादेश बैंकको असार २३ गतेदेखि असार २७ गते कार्यालय समयअघिसम्म सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गरिने जानकारी गराइएको थियो।


    अर्थ चाैतारी
  • आइतबार, २६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट