logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • नबिल र नेपाल बंगलादेश बैंकको आजबाट एकीकृत कारोबार सुरु

    नबिल र नेपाल बंगलादेश बैंकको आजबाट एकीकृत कारोबार सुरु

    2.2K
    SHARES
    नबिल र नेपाल बंगलादेश बैंकको आजबाट एकीकृत कारोबार सुरु

    काठमाण्डौ । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई आजबाट एकीकृत कारोबार शुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।



    “क“ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।

    “नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दे बैक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,” बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

    दुवै बैंकको गत जेठ ७ गते सम्पन्न विशेष साधारणसभा सभाले प्राप्ति प्रक्रिया पारित गरेको थियो। नेपाल राष्ट्र बैंकले यी दुवै कम्पनीको प्राप्ति प्रक्रियालाई गत असार १५ गते अन्तिम स्वीकृत प्रदान गरेको थियो। नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो।

    उनले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्व टेवा पुर्याउने बताए । बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनले बताए । “हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने; देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने ; पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकिकृत कारोबार शुरु गरेका छौं,” उनले भने।

     


    अर्थ चाैतारी
  • सोमबार, २७ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट