logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • एनएमबि बैंकले ग¥यो फ्लाईवायरसंग समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने

    एनएमबि बैंकले ग¥यो फ्लाईवायरसंग समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने

    2K
    SHARES
    एनएमबि बैंकले ग¥यो फ्लाईवायरसंग समझदारी, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने

    काठमणडौ । एनएमबि बैंकले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षीत गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर (Flywire) कर्पोरेशन संग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारी संगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट बिदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।



    अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र बिभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पुरा गर्नु पर्ने बाध्यता थियो । हाल एनएमबि बैंक र फ्लाईवायरले संगसंगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्दै छन् ।

    “फ्लाईवायरसंगको सहकार्यले हामी ग्राहकहरुको लागी विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौं । हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागी अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागी एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।

    “हाम्रा अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकहरुले पनी नेपालबाट अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई अझ सरल भुक्तानी माध्यमको लागी सोधिरहेको सन्दर्भमा हामी एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबि बैंक संग सामझदारी गर्न उत्साहित छौं ।“ ग्लोबल एजुकेशन,Flywire का EVP शेरोन बटलरले भने ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट