logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा नि:शुल्क आँखा शिविर

    सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा नि:शुल्क आँखा शिविर

    1.8K
    SHARES
    सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा नि:शुल्क आँखा शिविर

    काठमाण्डौ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा नि:शुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरेको छ।



    बैंककाे अत्तरिया तथा चुरे शाखाको र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरिएको छ। उक्त एक दिने निशुल्क आँखा चेकजाँच शिविरमा ४०० भन्दा बढीले निशुल्क आँखा चेकजाँच गराएका थिए भने औषधी तथा निशुल्क चस्मा समेत वितरण गरिएको थियो।

    बैंकिङ्ग सेवाका अतिरिक्त सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले सो कार्यक्रम आयोजना गरेको हो। शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निशुल्क शल्यक्रिया समेत गरिने जानकारी दिएको छ। स्थानिय व्यक्तिहरुलाई सेवा दिने उद्देश्यले बैंकले गाउँमै निशुल्क आँखा चेकजाँच कार्यक्रम आयोजना गरिदिएकोमा स्थानीयहरुले खुशी हुदै धन्यबाद समेत दिएका थिए।

    यसैगरी बैंकले बिर्तामोड शाखाको आयोजना तथा दृष्टि आँखा अस्पताल बिर्तामोडको सहकार्यमा अर्जुनधारा नगरपालिका वडा नं. ३ कार्यालय परिसर खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परीक्षण शिविर सम्पन्न गरेको छ। सो शिविरमा समेत सहभागी २८० जनाको निशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधि निशुल्क प्रदान गरिएको थियो। उक्त कार्यक्रमा मोतिबिन्दु देखिएका १४ जनालाई निशुल्क शल्यक्रिया समेत गरिने बिर्तामोड शाखाका प्रमुख गणेश कुमार गुरागाईले जानकारी दिएका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट