logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • आईएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त

    आईएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त

    2.2K
    SHARES
    आईएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त

    काठमाण्डौ । आइएमई जनरल इन्स्यारेन्स (आईजीआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी नियुक्त भएका छन्।



    सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन्। उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो। २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ।

    माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्वपुर्ण योगदान दिएको छ। सन् २००१ मा स्थापना भएको आईएमई जनरल इन्सुरेन्स कम्पनी उत्कृष्ट बीमा कम्पनीको रुपमा परिचित छ।

    २ अर्बको चुक्ता पुँजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समूहरुको संलग्नता रहेको छ। कम्पनीका बोर्ड निर्देशकहरुमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्ण प्रसाद शर्मा रहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट