काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले वाणिज्य बैंकहरुमध्ये सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ नेपाल बंगलादेश बैंक र नबिल बैंकबीच एकीकृत कारोबार सुरु गरेको बताएका छन्।
दुई बैंकबीच मर्जर तथा प्राप्ति सम्पन्न भई एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैकप्रति सर्वसाधारणको विश्वसनीयतामा थप अभिवृद्धि गर्न कदम चालेको बताए।
अर्थ चाैतारी ।