logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • गरिमा विकास बैंकले चण्डेश्वरी अस्पतालमा गर्यो वृक्षारोपण

    गरिमा विकास बैंकले चण्डेश्वरी अस्पतालमा गर्यो वृक्षारोपण

    1.8K
    SHARES
    गरिमा विकास बैंकले चण्डेश्वरी अस्पतालमा गर्यो वृक्षारोपण

    काठमाण्डौ । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पतालमा वृहत वृक्षारोपण गरेको छ । बैंकले बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन गर्ने लक्ष्यसहित वृक्षारोपण गरेको हो ।



    कम्पनीले आज असार २८ गते मंगलबारका दिन टोखा नगरपालिका २ स्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको जनाएको छ । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको आतिथ्यतामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका बिरुवाहरू अस्पताल परिसरमा रोपिएको थियो ।

    उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनहरूको सहभागिता थियो । यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आईरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट