logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

    सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

    1.9K
    SHARES
    सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन पारित

    काठमाण्डौ । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा २२ औं वार्षिक प्रतिवेदन पास भएको समितिका सचिव डा.रोजनाथ पाण्डेले बताए ।



    उनले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताए । उनले भने,‘समितिको बैंठकमा उपस्थित सांसदहरुको बहुमतको सख्याले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने काम र प्रतिनिधि सभामा पठाउन स्वीकृत दिने निर्णय भयो । प्रमुख प्रतिपक्ष दलका मान्य सदस्यहरुले बैठक बहिस्कार गरेर छाडेर जानुभयो । उपस्थिति जनाएपछि । बीचमा बैठकमा सांसदहरु रहनुभयो । उहाँहरु उपस्थित संख्याको बहुमत भएको हुनाले उहाँहरुले प्रतिवेदन अनुमोदन गर्नुभयो । त्यही अनुसार हामी अगाडि बढेका छौं ।’


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट