काठमाण्डाै । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य घटेपछि मात्रै लघुवित्तमा समस्या आयो भनेर थाहा हुने बताएका छन्।
“लघुवित्तको समस्या ब्यालेन्स सिट र शेयर मूल्यमा असर देखियो भने मात्रै बल्ल समस्या परेछ भनेर पत्याउछन्,” उनले भने “त्यसपछि मात्रै नियामक निकायदेखि धेरैको दया जाग्छ।” यसलाई सामाजिक व्यवसायको सट्टा नाफा कमाउने व्यवसायको रुपमा लिँदा समस्या आएको छ। उनले बताए
बैंकिङ्ग प्रणालीमा तरलताको अभाव भएका कारण लघुवित्त वित्तीय संस्थामा पनि त्यसले असर गरेको छ। अहिले तरलता अभाव भएका कारण त्यही अनुसारले काम गर्नुपर्ने उनले बताए। लघुवित्तले गुणस्तर सुधार गर्नेतर्फ लाग्नुपर्ने उनले बताए। तरलता अभाव भएको अवस्थामा लघुवित्तको गुणस्तर सुधार गर्ने अवसर पनि रहेको उनले बताए।
“यो पटक कर्जा विस्तार गर्न पाइएन भनेर गुनासो नगर्नुस, केहि समय अघि पाउनु भाथ्यो अहिले त्यो अवस्था छैन,” उनले भने “माइक्रो शब्द छ। माइक्रोमा नै बस्नुस म्याक्रो बन्न नखोज्नुस। अहिलेको अवस्थामा गुणस्तर सुधार गर्नेतर्फ लाग्नुस।” उनले अहिलेको पहिलो प्राथमिकता शोधानान्तर स्थिति सुधार गर्नेतर्फ लाग्नुपर्ने बताए।
अर्थ चाैतारी ।