logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

    सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

    3.3K
    SHARES
    सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

    काठमाण्डौ । सार्वजनिक यातायातको भाडा फेरि बढाइएको छ। यातायात व्यवस्था विभागले असार २७ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको हो। इन्धनको बजारमूल्य बढेकोले सार्वजनिक यातायातको भाडा पनि बढाइएको विभागले जनाएको छ। यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ।



    त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागको सूचनामा उल्लेख छ। ‘बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागू हुनेछ’, सूचनामा भनिएको छ।

    यसअघि विभागले गत चैत १२ गते सार्वजनिक यातायातको भाडा बढाएको थियो। पछि इन्धनको मूल्य घटेपछि असार १२ गते सार्वजनिक यातायातको भाडा घटाइएको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट