logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सानिमा र रिलायन्स लाइफबीच मर्जर सम्झौता, मर्जर पछि चुक्ता पुँजि चार अर्ब १० करोड पुग्ने

    सानिमा र रिलायन्स लाइफबीच मर्जर सम्झौता, मर्जर पछि चुक्ता पुँजि चार अर्ब १० करोड पुग्ने

    2.3K
    SHARES
    सानिमा र रिलायन्स लाइफबीच मर्जर सम्झौता, मर्जर पछि चुक्ता पुँजि चार अर्ब १० करोड पुग्ने

    रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफ इन्स्योरे कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापाले स्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा रिलायन्स लाइफका अध्यक्ष ताराचन्द्र केडिया, सञ्चालक जगदिश अग्रवाल, सानिमा लाइफका सञ्चालक डा। सुवर्ण दास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । दुवै कम्पनीका सञ्चालक समितिले आजै विहान गरेको निर्णय अनुसार दुवै अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

    दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पुँजि चार अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजि छ ।

    सानिमा लाइफको जीवन बीमा कोषमा तीन अर्ब १३ करोड १० लाख रुपैयाँ संचिती रहेको छ भने रिलायन्स लाइफमा तीन अर्ब ६७ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । कूल बीमा कोषको आकार छ अर्ब ८० करोड माथि पुग्नेछ । जीवन बीमा कम्पनीहरुको लागि पुँजि भन्दा जीवन बीमा कोष महत्वपूर्ण हुन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट