logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत

    गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत

    1.9K
    SHARES
    गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत

    काठमाण्डौ । भारत सरकारले गहुँ र चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भएको छ । नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघसँग कुरा गर्दै भारतले निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि लागू नहुने बताएका हुन् ।



    नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज कार्यक्रममा बोल्दै यस्तो बताए । राजदूत श्रीवास्तवको भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताए ।

    ‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईँहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,’ राजदूत श्रीवास्तवले भने, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौँ ।’

    अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वाधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाए । नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने काममा भारतीय सहयोग अपरिहार्य रहेको गोल्छाको भनाइ छ । भेटमा नेपाली उद्योगीको गुनासो सम्बोधन गर्दै भारतीय राजदूत श्रीवास्तवले गहुँ र चिनी लगायतको वस्तुमा लगाइएको निर्यात प्रतिबन्ध नेपालका लागि लागू नुहने बताएका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट