logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • गरिमा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

    गरिमा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

    1.8K
    SHARES
    गरिमा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

    काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंकले काठमाडौं र स्याङ्जामा सहयोग गरेको छ । काठमाडौंको माछापोखरी शाखाको समन्वयमा बसन्तनगरस्थित तारकेश्वर धाममा क्रियापुत्री घर कम्पाउन्डमा आवश्यक ३० थान डस्टबिन सहयोग भएको छ । सो डस्टबिन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरिएको हो ।



    त्यस्तै, स्याङ्जाको वालिङ शाखाको समन्वयमा वालिङ्ग बहुमुखी क्याम्पसलाई बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट