logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • प्रदेशको बेरुजु १९ अर्ब ६५ करोड पुग्यो, ७४४ स्थानीय तहको ४१ अर्ब १९ करोड ८८ लाख

    प्रदेशको बेरुजु १९ अर्ब ६५ करोड पुग्यो, ७४४ स्थानीय तहको ४१ अर्ब १९ करोड ८८ लाख

    2K
    SHARES
    प्रदेशको बेरुजु १९ अर्ब ६५ करोड पुग्यो, ७४४ स्थानीय तहको ४१ अर्ब १९ करोड ८८ लाख

    काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकार र स्थानीय तहको बेरुजुको चाङ बढिरहेको देखाएको छ । महालेखाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनको सारांश सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनमा ७ वटै प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समिति तर्फको बेरुजु रकम १९ अर्ब ६५ करोड २२ लाख रहेको उल्लेख छ ।



    गत वर्षको बाँकी बेरुजु १२ अर्ब ९९ करोड १३ लाख थियो । तर, उक्त बेरुजुमध्ये सम्परीक्षणबाट १ अर्ब ७२ करोड ४६ लाख फस्र्यौट हुँदा ११ अर्ब २६ करोड २७ लाख कायम भएको र यसवर्ष थप ८ अर्ब ३८ करोड ५५ लाख बेरुजु थपिएर महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ ।

    कुन प्रदेशबाट कति बेरुजु ?
    सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु मधेस प्रदेशको ५.४२ प्रतिशत र सबैभन्दा कम बेरुजु लुम्बिनी प्रदेशको १.१८ प्रतिशत रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । यस्तै, प्रदेश १ को ३.५६ प्रतिशत, बागमती प्रदेशको १.६० प्रतिशत, गण्डकी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको ५.१५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.१८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ ।

    स्थानीय तहतर्फ ४१ अर्ब १९ करोड बेरुजु
    यसैगरी समीक्षा अवधिमा ७५३ स्थानीय तहहरुतर्फ सरकारी खर्चको बेरुजु बढेर ४१ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ । जसमध्ये नियमित गर्नुपर्ने ३० अर्ब ७९ करोड ६५ लाख रुपैयाँ र म्याद नाघेको पेश्की ४ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ गरी बाँकी ५ अर्ब ६० करोड ५९ लाख रुपैयाँ असुल गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट