logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • मन्त्रिपरिषद् निर्णय: स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले

    मन्त्रिपरिषद् निर्णय: स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले

    871
    SHARES
    मन्त्रिपरिषद् निर्णय: स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले

    काठमाण्डौ । सरकारले स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो।



    कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले काफ्लेका साथै कमल पन्थी र डा कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो। विकास अर्थशास्त्री काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

    स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि उनलाई स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा गठित समितिमा सदस्य बनाएका थिए।


    अर्थ चाैतारी
  • मंगलबार, २७ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट