काठमाण्डाै । लुम्बिनी जनरल इन्स्योरेन्सले बोनस शेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने तथा मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पािरत गरेकाे छ ।
त्यसैगरी, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चार सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित भएका छन् । साथै अाजै इन्स्योरेन्सका अध्यक्षले पद तथा गाेपनियताकाे शपथ समेत ग्रहण गरेका छन् ।
अर्थ चाैतारी ।