logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ४८ घण्टामा फेरीए लुम्बिनी विकास बैंकमा सीइओ

    ४८ घण्टामा फेरीए लुम्बिनी विकास बैंकमा सीइओ

    1.9K
    SHARES
    ४८ घण्टामा फेरीए लुम्बिनी विकास बैंकमा सीइओ

    काठमाण्डौ । लुम्बिनी विकास बैंकका सञ्चालक समितिमा विवाद प्रमुख कार्यकारी अधिकृत(सीइओ) नियुक्तिमा समेत देखिएको छ ।



    बैंंकको बोर्ड अहिले दुई वटा समूह बिभाजनमा बनेको छ । त्यो समूहले स्वार्थ अनुसार प्रमुख कार्यकारी अधिृकत (सीइओ) मा विजय बहादुर श्रेष्ठ वा मा नरेश सिंह बोहरालाई ल्याउने भन्ने बिबाद सुरु भएको थियो ।

    अन्तिममा बोहरालाई सीइओ बनाउने खोज्ने समूह बलियो बनेको छ । बैंकले यसअघि अमसार २८ गते आगामी ४ वर्षका लागि विजय बहादुर श्रेष्ठलाई सीइओमा नियुक्त गरेको थियो । तर सञ्चालकहरुको आन्तरिक लफडाका कारण उनी सीइओ बन्ने कुरा तीन दिन पनि टिक्न सकेन । बैंकले असार ३० गते पुरानै सीइओलाई निरन्तरता दिने निर्णय गर्यो ।

    बैंकको असार २८ गते बसेको सञ्चालक समितिको ४२५ औं बैठकले श्रेष्ठलाई साउन २ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीइओमा नियुक्त गरिएको थियो । उक्त निर्णय बैंकले नेप्सेलाई पनि जानकारी गरायो । त्यसको लगत्तै ३० गते बैंकले पुरानो निर्णय परिवर्तन गर्यो ।

    बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार असार ३० गते बसेको सञ्चालक समितिको ४२७ औं बैठकले असार २८ गतेको निर्णयलाई रद्द गरी सीइओमा नरेश सिंह बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ । बोहरा साउन २ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीइओ बन्ने भएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ३१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट