logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • कृषकको घरघरमा पुगेर बीमा गर्ने लक्ष्य सहित नेको इन्स्योरेन्सको कृषि अभियान सुरू

    कृषकको घरघरमा पुगेर बीमा गर्ने लक्ष्य सहित नेको इन्स्योरेन्सको कृषि अभियान सुरू

    2.3K
    SHARES
    कृषकको घरघरमा पुगेर बीमा गर्ने लक्ष्य सहित नेको इन्स्योरेन्सको कृषि अभियान सुरू

    काठमाण्डौ । कृषकको घरघरमा पुगेर कृषि बीमा गर्ने घोषणा सहित नेको इन्स्योरेन्सको कृषि अभियान शुभारम्भ गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमका बीच नेकोको अभियान कृषिमा योग्दान भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ गरेको हो ।



    बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेकोको अभियान कृषिमा योगदान कार्यक्रमको उद्घाटन गरेका छन् । कृषकले गरेको लगानीमा अप्रत्यासित नोक्सानीमा बीमा कम्पनीले सुरक्षा दिने हेतुले यस अभियान संचानमा ल्याएको कम्पनीका सिईओ अशोक खड्काले बताए । किसानले नबुझेर वा बुझाउन नसकेर कृषि बीमामा आकर्षण बढ्न सकेको छैन । जसकारण यस्ता क्षति भोग्नुपर्दा किसानहरुका जोखिमको सुरक्षण गर्न यस अभियान संचालनमा ल्याएको उनले बताए ।

    बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बीमा कम्पनीहरुलाई तत्काल कृषि बीमाको दाबी भुक्तानी तत्काल दिनुपर्ने निर्देशन दिएका छन् । बीमा समितिले संचालन गरेको बीमा जागरण कार्यक्रममा बिशेष गरि कृषि बीमाको समस्या र दाबी भुक्तानीको बिषय बढी उठ्ने गरेको भन्दै यसतर्फ ध्यान दिन बीमा कम्पनीहरुलाई आग्रह गरे । विगतमा सरकारले कृषि बीमा कार्यक्रम संचालन गर्दा बीमा कम्पनीहरु जबजस्ती कृषकसम्म बीमा गर्न आग्रह गरेको कुरा कार्यक्रममा स्मरण गराएका थिए । आज त्यहि कृषि बीमाबाट बर्षिनै राम्रो बीमाशुल्क आर्जन भएको कार्यक्रममा बताए । उनले कार्यक्रममा कृषि बीमालाई नाफामुखी भन्दा पनि सेवामुखीको रुपमा विस्तार गनुपर्ने बताएका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट