logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सिभिल बैंकका ग्राहकलाई विराटनगर मेडिकल कलेज टिचिङ हस्पिटलमा छुट

    सिभिल बैंकका ग्राहकलाई विराटनगर मेडिकल कलेज टिचिङ हस्पिटलमा छुट

    2.1K
    SHARES
    सिभिल बैंकका ग्राहकलाई विराटनगर मेडिकल कलेज टिचिङ हस्पिटलमा छुट

    काठमाण्डौ । सिभिल बैंकका ग्राहकहरूले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन्। आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन्।



    उक्त सम्झौता अनुसार ग्राहकहरुले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यबस्था छ। यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरूसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने विराटनगर शाखाका प्रबन्धक प्रशान्त कार्कीले जनाएका छन्।

    सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन्। साथै बैंकले हालसम्म करीब रु. ९५ अर्ब निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट