logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • आरएसडिसी लघुवित्तको नाफा ४८.४५% ले बढ्यो

    आरएसडिसी लघुवित्तको नाफा ४८.४५% ले बढ्यो

    1.9K
    SHARES
    आरएसडिसी लघुवित्तको नाफा ४८.४५% ले बढ्यो

    काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मा १३ करोड ५२ लाख २ हजार ७१ रुपैयाँ नाफा आर्जन गरेको छ ।



    अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ९ करोड १० लाख ७५ हजार २७ रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा संस्थाको नाफा ४८.४५ प्रतिशतले बढेको छ । यो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १० करोड ५८ लाख ५५ हजार ७०२ रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको देखिन्छ ।

    अघिल्लो आवको असार मसान्तसम्म १६ करोड २७ लाख ६८ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा बढेर २३ करोड ८२ लाख ३३ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा १२ करोड ९० लाख ६८ हजार रुपैयाँबाट बढेर १९ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

    संस्थाको खराब कर्जा ०.९९ प्रतिशतबाट घटेर ०.४९ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७९ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट